ओ३म् प्रातरग्निं प्रातरिन्द्रं हवामहे प्रातर्मित्रावरुणा प्रातरश्विना।
प्रातर्भगं पूषणं ब्रह्मणस्पतिं प्रातस्सोममुत रुद्रं हुवेम ।। (१)
ओे३म् प्रातर्जितं भगमुग्रं हुवेम वयं पुत्रमदितेर्यो विधर्ता ।
आध्रश्चिद्यं मन्यमानस्तुरश्चिद्राजाचिद्यं भगं भक्षीत्याह।।(२)
ओ३म् भग प्रणेतर्भग सत्यराधो भगेमां धियमुदवा ददन्नः।
भग प्रणो जनय गोभिरश्वैर्भग प्र नृभिर्नृवन्तः स्याम।।(३)
ओ३म् उतेदानीं भगवन्तः स्यामोत प्रपित्व उत मध्ये अह्नाम्।
उतोदिता मघवन्त्सूर्यस्य वयं देवानां सुमतौ स्याम ।।(४)
ओ३म् भग एव भगवाँ अस्तु देवास्तेन वयं भगवन्तः स्याम।
तं त्वा भग सर्व इज्जोहवीति स नो भग पुर एता भवेह ।।(५
(ऋग्वेद ७.४१.१-५)
अर्थ भावना सहित जप:
प्रातरग्निं प्रातरिन्द्रं हवामहे प्रातर्मित्रावरुणा प्रातरश्विना ।
प्रातर्भगं पूषणं ब्रह्मणस्पतिं प्रातस्सोममुत रुद्रं हुवेम ॥ १ ॥
भावना – हे ईश्वर ! तपाईँ स्वप्रकाशस्वरूप – सर्वज्ञ हुनुहुन्छ । परम ऐश्वर्य दाता र परम ऐश्वर्य युक्त हुनुहुन्छ। तपाइँ प्राण र उदान समान हामीलाई प्रिय हुनुहुन्छ। तपाइँ सर्वशक्तिमान् हुनुहुन्छ। तपाइँले सूर्य र चन्द्र उत्पन्न गर्नुभयो । हामी तपाइको स्तुति गर्दछौं । तपाइँ भजनीय हुनुहुन्छ, सेवनीय हुनुहुन्छ, पुष्टिकर्त्ता हुनुहुन्छ । तपाइँ हाम्रा उपासक, वेद तथा ब्रह्माण्डका पालनकर्त्ता हुनुहुन्छ । तपाईं हाम्रा अन्तर्यामी र प्रेरक हुनुहुन्छ। हे जगदीश्वर ! तपाइँ पापिहरुलाई रुवाउने तथा सर्वरोगनाशक हुनुहुन्छ । हामी प्रातः वेला तपाइँको स्तुति-प्रार्थना गर्दछौं।
तमोमयी दोषा भयो व्यतीत,
प्रातः कालको वेला आयो, पावन परम पुनीत।
प्रातः अग्नि अक्षय प्रकाशलाई, प्रातः इन्द्र वैभव निवासलाई,
प्रातः वरुण बलनिधि विक्रमलाई, प्रातः मित्र प्रिय प्राणोपमलाई,
प्रातः सोमलाई, प्रातः रुद्रलाई, भज्दछन् भक्त विनीत।
तमोमयी दोषा भयो व्यतीत ।।१।।
प्रातर्जितं भगमुग्रं हुवेम वयं पुत्रमदितेर्यो विधर्ता ।
आध्रश्चिद्यं मन्यमानस्तुरश्चिद्राजा चिद्यं भगं भक्षीत्याह ॥ २ ॥
भावना – हे ईश्वर ! तपाईं जयशील हुनुहुन्छ। तपाईं ऐश्वर्य दाता हुनुहुन्छ । तपाईं तेजस्वी– ज्ञानस्वरूप हुनुहुन्छ। तपाईंले अन्तरिक्षका पुत्र-रूप सूर्यलाई उत्पन्न गर्नुभो । तपाईंले नै सूर्यादि लोकहरुलाई विशेष रूपले चारैतिरबाट धारण गर्नु भएको छ। तपाईंले सबैलाई जान्नु हुन्छ । तपाईंले दुष्टहरुलाई दण्ड दिनुहुन्छ। तपाईं सबका प्रकाशक हुनुहुन्छ । मैले तपाईंको उस् भजनीय स्वरूपको सेवन गर्दछु, उपासना गर्दछु। तपाईंले सबैलाई उपदेश गर्नुहुन्छ कि – ‘मैले नै सूर्यादि जगत्लाई बनाउने र धारण गर्ने गर्दछु, तिमीहरुले मेरो उपासना गर्ने गर, मेरो आज्ञामा चल्ने गर।’ हे भगवान् ! त्यसैले हामीहरुले तपाईंको स्तुति गर्दछौं ।
तमोमयी दोषा भयो व्यतीत,
प्रातः उग्र शुचि प्रभावन्तको, जयस्वरूप वैभव अनन्तको,
राजा, खल-शासनकर्त्ताको, लोकहरु दिव्य आदि धर्त्ताको,
मन्यमान सर्वज्ञ सबैको, भग भजनीय देव अवनीको,
सेवनीय आराध्य देवको, हामि गाउँछौं शुचि गीत,
तमोमयी दोषा भयो व्यतीत…!
भग प्रणेतर्भग सत्यराधो भगेमां धियमुदवा ददन्नः ।
भग प्र णो जनय गोभिरश्वैर्भग प्र नृभिर्नृवन्तः स्याम ॥ ३ ॥
भावना – हे ईश्वर ! तपाईं भजनीय स्वरूप, सबका उत्पादक र सत्याचारमा प्रेरक हुनुहुन्छ । तपाईं ऐश्वर्यप्रद हुनुहुन्छ। तपाईं सत्य धनका दाता हुनुहुन्छ। तपाईंले सत्याचरण गर्नेहरुलाई ऐश्वर्य प्रदान गर्नुहुन्छ। हे परमेश्वर ! तपाईंले हामीलाई प्रज्ञा दिनुहोस्। प्रज्ञाको दान गरेर तपाईं हाम्रो रक्षा गर्नुहोस्। तपाईं हाम्रो लागि गौ, अश्व आदि उत्तम पशुहरुको योगले राज्य-श्री उत्पन्न गरिदिनुहोस्। तपाईंको कृपाले हामीहरु उत्तम तथा वीर मनुष्य बन्दछौँ ।
सर्वप्रणेता प्रेरक भग हे, सत्य वित्त संप्रषक भग हे।
देउ वरदान हामीलाई प्रज्ञाको, भार वहन गर रक्षाको।
गोधन, वाजि सुभग पशुधनबाट, हामीलाई समृद्ध गर धन-जन बाट।
हामी हौँ सम्यक् नृवन्त, बन्धु सुजन नेह-उपवीत।।
तपोमयी दोषा भयो व्यतीत।।३।।
उतेदानीं भगवन्तः स्यामोत प्रपित्व उत मध्ये अह्नाम् ।
उतोदिता मघवन्त्सूर्यस्य वयं देवानां सुमतौ स्याम ॥ ४ ॥
भावना – हे ईश्वर ! तपाईंको कृपा र आफ्नो पुरुषार्थले हामीहरु यहि समय – प्रातःकालमा तथा दिनको मध्यमा प्रकर्षता अर्थात् उत्तमता प्राप्त गर्न सकौं, ऐश्वर्ययुक्त र शक्तिमान् हुन सकौं । हे परम पूजित ! तपाईं असंख्य धन दाता हुनुहुन्छ । तपाईंले हामीमा कृपा गर्नुहोस् कि हामी सूर्यलोकको उदय कालमा पूर्ण विद्वान् धार्मिक आप्त पुरुषहरुका अत्यन्त उत्तम प्रज्ञा र सुमतिमा सदा प्रवृत्त रहन सकौं।
हामी उत्कर्ष प्राप्तिमा यस क्षण, हौँ भगवन्त, पूज्यवर, भगवन्।
सूर्योदयको वेला पावन, दिव्य सुमतियुत हौँ हामी शोभन।।
देवहरुको अनुकूल सुमतियुत हौँ हामी दिव्य प्रतीत।
तमोमयी दोषा भयो व्यतीत ।।
भग एव भगवां अस्तु देवास्तेन वयं भगवन्तः स्याम ।
त्वं त्वा भग सर्व इज्जोहवीति स नो भग पुर एता भवेह ॥ ५ ॥
भावना – हे जगदीश्वर ! तपाईं सकल ऐश्वर्य सम्पन्न हुनुहुन्छ । त्यसैले सब सज्जनहरुले तपाईंको निश्चय पूर्वक प्रशंसा– स्तुति गर्ने गर्दछन् । तपाईं ऐश्वर्यप्रद हुनुहुन्छ । यस संसारमा तथा हामी ब्रह्मचर्य… गृहस्थ.. आदि आश्रममा जहाँ पनि स्थित छौं, त्यसमा तपाईंले हामीलाई अग्रगामी बनाउनुहोस् र सत्य कर्ममा प्रेरित गर्नुहोस्। तपाईं सम्पूर्ण ऐश्वर्ययुक्त र समस्त ऐश्वर्यका दाता हुनुहुन्छ । अतः तपाईं नै हाम्रा ‘भगवान्’ – पूजनीय देव बन्नुहोस् । त्यसैले हामी विद्वान्हरु सकल ऐश्वर्य सम्पन्न भएर सब संसारको उपकारमा आफ्नो तन-मन-धनले प्रवृत्त हुने छौं। यही तपाईं संग प्रार्थना छ..!
सुभग बन्नुहोस् भगवान् हाम्रा, पथ-दर्शक जीवन प्रकाशक।
बनौं सौभाग्यवान् हामी, सकल देवजन तपाइँबाट प्रियतम।।
हौँ धन-धान्यवान् हामी भगवन्, गर्दछौं मुक्त-कण्ठले वन्दन।
बनौं हामी तव कृपा–कोरबाट धन-वैभवका मीत।
तमोमयी दोषा भयो व्यतीत।
[यहाँ यी मन्त्रहरुको ‘भावना‘ महर्षि दयानन्द सरस्वती द्वारा रचित ‘संस्कारविधिः’को आधारमा संकलित गरेर प्रस्तुत गरिएको हो। मन्त्रका शब्दार्थ जान्नको लागि ‘संस्कारविधिः’ को गृहाश्रम-प्रकरणम् द्रष्टव्य छ।]