
ओ३म्
कोरोना रोगाणुको कुनै औषधि अहिले सम्म बनेको छैन भन्नेमा सबैको मान्यता छ। कोरोना संक्रमितहरु ठिक भएर घर फर्किरहेको पनि सत्य नै हो; सबैले देखिकै छौं। कसरि ठिक भए त ति? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो, तर कसैको मनमा यस्तो प्रश्न उठ्दैन किनकि हामीमा एकप्रकारको मानसिक कमजोरी भनौं या भयले यस्तो स्थान बनाएको छ कि अरुले जे भन्छ, जे सुन्छौं त्यसैलाई नै सत्य मान्न थालिसक्यौं। भेडो र मनुष्यमा केहि अन्तर भएन।
हाल सम्म जति पनि कोरोना संक्रमितहरु स्वस्थ भएर घर फर्केका छन्, ति सबै केवल आफ्नो शरीरको रोगसङ्ग लड्ने शक्ति, रोगप्रतिरोधी शक्ति भनौं या जीवनी शक्ति [इम्यूनिटी पावर] को कारणले मात्र ठीक भएका हुन्। अधिकांश मानिसको यहि धारणा छ कि यो रोगले एक पटक त सबैलाई ग्रसित गर्छ नै। जसको जीवनी शक्ति बलियो हुन्छ त्यो बच्नेछ र जसको यो शक्ति कम्जोर हुन्छ, त्यो बच्न सक्दैन। यसको मतलब हाम्रो शरीरको रोगप्रतिरोधी शक्ति नै कोरोनाको मात्र नभएर सबै प्रकारका संक्रामक रोगको अचुक औषधि हो। त्यसैले हाम्रो सारा ध्यान आफ्नो यहि जीवनी शक्ति बलियो बनाउनमा ध्यान जानु पर्छ ।
यदि हामी यस्ता खाले महाव्याधिलाई मात दिन चाहन्छौं भने हामीले जान्नै पर्ने हुन्छ कि कुन कुन वस्तुले जीवनी शक्ति वृद्धि गर्दछन् र कुन कुन वस्तुले कम गर्दछन।
सर्वप्रथम जीवनी शक्ति वृद्धि गर्ने आहार-विहार यी हुन्-
- समयमा सुत्नु, समयमा उठ्नु,
- नियमित योग, व्यायाम, प्राणायाम गर्नु या कुनै खेल खेल्नु,
- मनतातो पानीमा कागती र मह मिलाएर सेवन गर्नु,
- स्वच्छ ताजा प्राणवायु लिनु (मास्क नलगाएर घुम्नु)
- बिहानको सूर्यको प्रकाशमा टहल्नु,
- आफ्नै घरको शुद्ध ताजा सात्विक भोजन गर्नु,
- अमला (ताजा या सुकेको धुलो) महमा मिलाएर सेवन गर्नु,
- सब प्रकारका मौसमी फल (खासगरि अमिला फल) नियमित खानु,
- हरिया ताजा मौसमी तरकारी खानु,
- अकुरित मुंग सेवन गर्नु,
- पहिले खाएको भोजन पचिसके पछी मात्र अर्को भोजन गर्नु,
- भोजन भन्दा १०-१५ मिनेट अघि सलाद प्रसस्त खानु,
- गुलियो खाने भए गुड, मिश्री या महको मात्र प्रयोग गर्नु,
- वैदिक विधिले निर्मित सुद्ध गोघृत खानु,
- भोजनमा तोरी, तिल, बदाम, नारियल, ओखर आदिको अप्रशोधित तेल प्रयोग गर्नु,
- तुलसी, अदुवा, मरिच, पिपला, बेसार, लहरे गुर्जो, चिराइतो, कालमेघ लगायत अन्य आयुर्वेदिक जडीबुटी गोमूत्रमा मिलाएर सेवन गर्नु,
- जमराको रस, नारियल पानी, कागती इत्यादि सेवन गर्नु,
- भोजनमा सिधेनुन र बिरेनुनको प्रयोग गर्नु,
- दैनिक यज्ञ – अग्निहोत्र हवन गर्नु।
शरीरको जीवनी शक्ति नष्ट गर्ने आहार-विहार यी हुन्-
- राति अबेर सम्म (अनिदो) बस्नु र बिहान अबेर सम्म सुतिरहनु,
- योग, व्यायाम, प्राणायाम नगर्नु या कुनै खेल नखेल्नु,
- जतिबेला पनि मास्क लगाएर घुम्नु,
- मांसाहार,
- बासी, सडेगलेको, बजारको तयारी तथा डिब्बाबन्द खाद्य तथा पेय पदार्थ,
- फ्रिजको पानी या बरफ, आइसक्रिम, कोकाकोला, पेप्सीकोला,
- मैदा र वेशन बाट बनेका सबै खाद्य पदार्थ,
- प्रशोधित (रिफाइंड) तेल,
- डेरीका उत्पादन,
- चीनी तथा यसबाट बनेका खाद्य तथा पेय,
- सबै सुगर फ्री खाद्य तथा पेय,
- प्रेसर कुकर, राइस कुकर तथा एल्युमीनियमका भाँडामा पकाएको भोजन,
- सूर्यास्त पछी दाल तथा गेडागुडी लगायत सबै प्रकारका प्रोटिन युक्त खाद्य वस्तु खानु,
- अजीर्ण भोजन,
- आयोडिन युक्त धुलो नुन,
- उठेर या ठाडो घाँटी लगाएर पानी घटाघट खानु,
- उठेर या डाइनिंग टेबलमा भोजन गर्नु।
यसप्रकार प्राकृतिक आहार-विहारको नियम अपनाएर हामीहरुले आफ्नो जीवनी शक्ति बलियो बनाउन सक्छौं र कोरोना जस्ता समस्त सङ्क्रामक व्याधिहरु बाट बच्न सक्छौं।
यहि जीवनी शक्ति नै कोरोनाको अचुक औषधि हो। अस्तु..
स्वस्थ रहौं..सुखी रहौं..!
जय प्रकृति…!