ओ३म्…
यी वस्तुहरु एकसाथ कदापि नखाऔं:
- दुध या दुध बाट बनेका अन्य परिकारका साथ मांसाहार, नुनिलो, अमिलो, लसुन, प्याज, करेलो, मुला, फल, कुनै अनाज, तिल आदि खानु हुँदैन किनकि यस्तो संयोजनले शरीरमा बिष निर्माण गर्दछ, जसले गर्दा छालासम्बन्धि अनेकौं समस्या उत्पन्न हुन्छन् जस्तै- सेतो तथा रातो दाद र चिलाउने, कलेजो खराब गर्दछ, कपाल झर्ने र असमयमा सेतो हुन्छ, साथै दुध दिनमा पनि खानु हुँदैन र खिर खानुछ भने कुनै नुनिलो र अमिलो वस्तुका साथ खानु हुँदैन र दिनमा खानु हुँदैन।
- दहीका साथ मांसाहार, नुन, खरबुजा, काँक्रो, पनीर, कुनै पनि दाल र गेडागुडी, दूध र खीर खानु हुँदैन साथै दहीलाई तताएर, यसमा पानी मिलाएर र सूर्यास्त पछी खानु हुँदैन।
- मह तताउनु हुँदैन, तातो पानीमा मिलाउनु हुँदैन र घिउका साथ बराबर मात्रामा मिलाएर खानु हुँदैन, महका साथ् मुला, अंगुर पनि खानु हुँदैन।
- घिउ खाएपछि चिसो पानी खानु हुँदैन, र चिसो पानीमा मिलाएर पनि खानु हुँदैन।
- तरबुजा र काँक्रोका साथ पुदीना र पानी खानु हुँदैन।
- भात सङ्ग नारियल (गरि) खानु हुँदैन।
- खरबुजाका साथ दुध दही, लहसून र मुला खानु हुँदैन।
- करेलो र मुला एक साथ खानु हुँदैन।
- सूर्यास्त पछी कुनै पनि प्रोटिनयुक्त पदार्थ खानु हुँदैन।
- हरियो मकै (पोलेको) र पाकेको कटहर साथमा खानु हुँदैन।
- भिन्डी तेलमा भुटेर (तारेर) पकाउनु हुँदैन, यसो गर्दा कोलेष्ट्रोल बढ्छ।
- दुई या दुई भन्दा बढी अनाज, अलग अलग दाल तथा गेडागुडी र अलग अलग तरकारी एकसाथ पकाएर खानु हुँदैन।
- अलग अलग प्रकृतिका फल एक साथ खानु हुँदैन, जस्तै- गुलियो प्रकृतिका र अमिलो प्रकृतिका फल।
- भोजन पछी केहि खाने बानि छ भने बिहान फल या फलको रस, दिउँसो मोही र बेलुकी दुध मात्र खान सकिन्छ तर यो नियम उल्टो गर्नु हुँदैन।
- जहिले पनि सलाद भोजन भन्दा १०-१५ मिनेट अघि मात्र खानु पर्छ, भोजनका साथ हैन।
- बासी, सडेगलेको, दुर्गन्धित, अधिक रुखो, कम पौष्टिक र अधिक पौष्टिक, कम मात्रा र अधिक मात्रामा, अधिक अमिलो-पिरो, डिब्बाबन्द, फ्रिजमा राखेको आदि भोजन गर्नु हुँदैन।
- भोजन पकाएको ४८ मिनेट भित्र खाइसकेको हुनु पर्छ।
केहि वस्तु एक साथ खानु उत्तम मानिन्छ जस्तै:-
- अमेल्ची (इमली), खरबुजा र तर्बुजाका साथ गुड।
- गाजर र मेथीको साग।
- बेथे र दहीको राइता (सिधे नुन मिलाएर)।
- मकैको परिकारका साथ मोही।
- अम्बा (बेलौती) का साथ सौंफ।
- मुला र मुलाको पात।
- आँपका साथ गोदुग्ध।
- भातसङ्ग दही मात्र (कुनै नुनिलो वस्तु नभएको हुनु पर्छ)।
- केराका साथ अलैची।
कहिलेकाहीं केहि वस्तु अधिक खाँदा अपच भएमा कसरि पचाउने:-
- केराको अपचमा सानो अलैची।
- आँपको अपचमा आधा चम्मच सुठो र गुड।
- जामुनोको अपचमा ३-४ चिम्टी सिधेनुन।
- स्याउको अपचमा दालचीनीको धुलो एक ग्राम।
- खरबुजाको अपचमा एक गिलास गुडको शरबत।
- तरबुजाको अपचमा केवल एउटा ल्वाङ।
- अम्बाको अपचमा सौंफ।
- कागतीको अपचमा सिधेनुन।
- बयरको अपचमा स्याउको रस या कागतीको रस।
- उखुको अपचमा ३-४ वटा बयर खाने।
- भात अधिक खाइएको भए आधा चम्म्च ज्वानो मनतातो पानीका साथ निल्ने।
- भन्टाको अपचमा तोरीको तेल एक चम्मच।
- मुलाको अपचमा एक चम्मच कालो तिल चबाएर खाने।
- बेसनबाट बनेका वस्तु धेरै खाइएको छ भने एक मुठी मुलाको पात चबाएर खाने।
- दिनमा अधिक भोजन गरिएको छ भने गुड मिलाएर मोही खाने, रातमा एक चम्मच गुड र ज्वानो खुब सङ्ग चबाएर खाने।
- मटर अधिक खाएको भए अदुवा चबाएर खाने।
- अमेल्ची (इमली), मासको दाल, राजमास, बदाम, तरुल, शखरखण्ड, ज्यादा खाइएको छ भने गुड खाने।
- मुंग या चनाको दाल ज्यादा खाएको भए चम्म्च स्याउको रस या कागतीको रस खाने।
- मकैको परिकार अधिक खाएको भए मोही खाने।
- घियु या खीर अधिक खाएको भए २/३ वटा मरिच चबाएर खाने।
- आरु, आरुबखडा या खुर्पानी धेरै खाएको भए घैंटोमा राखेको पानी एक गिलास खाने।
- चिल्लो रोटि, पुरी, समोशा, जेलेबी धेरै खाएको भए एक गिलास तातो पानी खाने।
- सम्भव हुँदा सम्म बिहान उठ्ना साथ नियमित एक गिलास पानीमा एउटा कागती निचोडेर अवश्य खाने गरौँ, या भोजनका साथ कागती अनिवार्य हुनु पर्दछ अनेकौं रोग बाट बच्न सकिन्छ।अस्तु..
स्वस्थ रहौं…सुखी रहौं…!
जय प्रकृति…!